निश्चलको आग्रह : अनुसन्धान चाहिँ मबाटै सुरू गरियोस् « Khabarhub

निश्चलको आग्रह : अनुसन्धान चाहिँ मबाटै सुरू गरियोस्


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गत भदौ २३ र २४ को जेन-जी आन्दोलनबारे बुधबार प्रतिवेद सार्वजनिक गरेको राष्ट्रिय मानव अधिकार आयोगले फिल्म निर्देशक निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले भदौ २३ र २४ को जेन-जी आन्दोलनमा मानवीय र भौतिक क्षति संलग्नता, अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए वा नभएको विषयमा अनुसन्धान गरिनुपर्ने व्यक्तिहरूको सूचीमा निश्चल पनि परेका हुन् ।

निश्चलमाथि अनुसन्धान गर्न र दोषी देखिए कारबाही गर्न सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, भ्लगर सिसन बानियाँमाथि पनि अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । अर्का पत्रकारसमेत रहेका अमनप्रताप अधिकारी र भ्लगर निशान मैनाली पनि उक्त सूचीमा छन्।

आयोगले समेत नाम उल्लेख गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहनिकटसमेत रहेका निर्देशक बस्नेतले आफैंबाट अनुसन्धान थाल्न भनेका छन् ।

‘मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ’, उनले भनेका छन्, ’कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनुहोला। दूधको दूध पानी को पानी छुट्याउनु पर्‍यो ।’

बस्नेतमाथि भदौको आन्दोलनमा सरकारी संरचना जलाउन उकासेको तथा सेलिब्रेसन गर्दै हिँडेको आरोप लागिरहेको छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : ३४ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको