आयोगको प्रतिवेदनमा आफ्नो नाम देखेपछि आशिकाको आक्रोश : हिंसा गरेको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ « Khabarhub

आयोगको प्रतिवेदनमा आफ्नो नाम देखेपछि आशिकाको आक्रोश : हिंसा गरेको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरेको विषयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले गम्भीर आपत्ति जनाएकी छन् ।

तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आयोगले आफ्नो अभिव्यक्तिलाई मात्र आधार बनाएर मूल्यांकन गरेको आरोप लगाएकी छन् । उनले आफू सन् २०१८ देखि नै भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएको बताएकी छन् ।

जर्मनीबाट नेपाल फर्किएपछि पनि आफू एक्लै भए पनि अन्यायविरुद्ध सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय रहेको उल्लेख गर्दै उनले आफूले पीडित परिवार र घाइतेहरूको अवस्था बुझ्न अस्पतालसम्म पुगेको दाबी गरेकी छन् । तर आयोगले आफ्नो मानवीय योगदान र पीडितप्रतिको सहानुभूति नदेखेको उनको भनाइ छ।

तामाङले आफूले कुनै पनि प्रकारको हिंसा, आगजनी वा तोडफोडमा संलग्न नभएको स्पष्ट पार्दै केवल अन्यायविरुद्ध आवाज उठाएको बताएकी छन् । त्यसैगरी, पूर्ववर्ती सरकारको समयमा आफूलाई १८ दिन हिरासतमा राखिएको प्रसंग उल्लेख गर्दै उनले त्यसबेला आफ्नो परिवार, विशेषगरी सानो बच्चामाथि परेको असरबारे पनि आयोगले ध्यान नदिएको आरोप लगाएकी छन् ।

उनले आयोगलाई प्रश्न गर्दै आफ्नो कुन अभिव्यक्तिले हिंसा भड्काएको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेकी छन् । साथै निष्पक्ष र पारदर्शी अनुसन्धानको आग्रह गर्दै सत्य लुकाएर नलुक्ने र जनताको आवाज दबाएर नरोकिने टिप्पणी गरेकी छन् । अन्त्यमा उनले सत्य र न्यायको रक्षा होस् भन्ने कामना गर्दै भगवान पशुपतिनाथसँग प्रार्थना गरेकी छन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ९ : ०९ बजे

सलाह चम्किएपछि ९२ वर्षपछि इजिप्टको ऐतिहासिक जित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म