अनुसन्धान मबाट सुरु होस् : राजिव खत्री « Khabarhub

अनुसन्धान मबाट सुरु होस् : राजिव खत्री


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो नाम प्रतिवेदनमा समावेश गरेको विषयप्रति कडा आपत्ति जनाएका छन् । उनले आयोगको प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालमार्फत विस्तृत प्रतिक्रिया दिएका हुन् ।

खत्रीले आफूले सुन तस्करी, रक्तचन्दन, खाग, बालुवा, काठ तथा मानव तस्करीलगायतका अवैध गतिविधि र राजनीतिक–आर्थिक बेथितिविरुद्ध आवाज उठाउँदै आएको दाबी गरेका छन् । साथै, उनले नेताका छोराछोरीसँग जोडिएका कथित कुकर्म र भ्रष्टाचारविरुद्धको अभियानलाई समेत आफूले समर्थन गरेको उल्लेख गरेका छन् ।

उनले जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलन र भ्रष्टाचारविरुद्धको खबरदारीलाई समर्थन गरेको उल्लेख गर्दै युवाहरूलाई सचेत रहन आग्रह गरेका छन् ।

मानव अधिकार आयोगले आफ्नो नामसमेत अनुसन्धानका लागि उल्लेख गरेको विषयप्रति आपत्ति जनाउँदै खत्रीले निष्पक्ष छानबिनको माग गरेका छन् । उनले आफूबाटै अनुसन्धान सुरु गर्न आग्रह गर्दै, यदि कुनै संलग्नता पुष्टि भए जुनसुकै कानुनी कारबाही भोग्न तयार रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ९ : २३ बजे

सुदूरपश्चिममा आज बिरुडा धोएर गौरापर्व मनाइँदै

कञ्चनपुर– गौरा पर्वको आज दोस्रो दिन बिरुडा धोएर न्यालाको गौरा

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा