तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने « Khabarhub

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत १० हजार खर्च उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३-८४ को नीति, कार्यक्रम तथा बजेटमा नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजकिरियाबापत १० हजार खर्च उपलब्ध गराइने भएको हो । 

नागरिकसँग स्थानीय सरकार भएको अनुभूति गराउनका लागि नगरभित्रका नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागि आर्थिक सहायता कोषको व्यवस्था गरिने नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। 

‘स्थानीय नागरिकसँग स्थानीय सरकार छ अनुभूति गराउनका लागि यो कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘त्यसका लागि नगरपालिकाले छुट्टै आर्थिक सहायता कोष स्थापना गरेर त्यसबाट किरिया खर्च उपलब्ध गराउने छ ।’ 

स्थानीय सरकार नागरिकप्रति उत्तरदायी भएकाले जनता केन्द्रित नीति र बजेट लक्ष्यको उनको भनाइ छ ।

‘जसको कोही छैन, त्यसका लागि सरकार छ भन्ने नागरिकलाई अनुभूति दिन सक्नुपर्छ’, उपप्रमुख शाहीले भने, ‘त्यसैका लागि नागरिकप्रति लक्षित गरेर यस्ता कार्यक्रम ल्याएका हौँ । यसले गर्दा धेरै नागरिकलाई राहत मिल्नेछ ।’

यो कार्यक्रमले आकस्मिक मृत्यु भएमा गरिब तथा विपन्न परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने भएकाले किरिया गर्न ऋण लिनुपर्ने बाध्यता केही हदसम्म कम हुने नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। 

‘यसले सामाजिक सुरक्षा र स्थानीय सरकारप्रति नागरिकको भरोसा रहन्छ’, उनले भने, ‘विपद्, दुर्घटना वा आर्थिक रुपमा कमजोर परिवारलाई सहयोग पुग्छ ।’

नगरभित्रका नागरिकको मृत्यु भएमा किरिया खर्च सामाजिक सुरक्षा कार्यक्रम सकारात्मक पहलका रूपमा लिन सकिने तिलागुफा–६ का स्थानीय गणेशबहादुर शाहीले बताए। 

‘कार्यक्रम कार्यान्वयनको पारदर्शिता हुनु आवश्यक रहेको छ’, उनले भने, ‘यसलाई पारदर्शी रूपमा कार्यान्वयन गराउन सके नागरिकमा स्थानीय सरकार भएको अनुभूति हुनेछ ।’

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १ : ४२ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न