तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने « Khabarhub

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत १० हजार खर्च उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३-८४ को नीति, कार्यक्रम तथा बजेटमा नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजकिरियाबापत १० हजार खर्च उपलब्ध गराइने भएको हो । 

नागरिकसँग स्थानीय सरकार भएको अनुभूति गराउनका लागि नगरभित्रका नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागि आर्थिक सहायता कोषको व्यवस्था गरिने नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। 

‘स्थानीय नागरिकसँग स्थानीय सरकार छ अनुभूति गराउनका लागि यो कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘त्यसका लागि नगरपालिकाले छुट्टै आर्थिक सहायता कोष स्थापना गरेर त्यसबाट किरिया खर्च उपलब्ध गराउने छ ।’ 

स्थानीय सरकार नागरिकप्रति उत्तरदायी भएकाले जनता केन्द्रित नीति र बजेट लक्ष्यको उनको भनाइ छ ।

‘जसको कोही छैन, त्यसका लागि सरकार छ भन्ने नागरिकलाई अनुभूति दिन सक्नुपर्छ’, उपप्रमुख शाहीले भने, ‘त्यसैका लागि नागरिकप्रति लक्षित गरेर यस्ता कार्यक्रम ल्याएका हौँ । यसले गर्दा धेरै नागरिकलाई राहत मिल्नेछ ।’

यो कार्यक्रमले आकस्मिक मृत्यु भएमा गरिब तथा विपन्न परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने भएकाले किरिया गर्न ऋण लिनुपर्ने बाध्यता केही हदसम्म कम हुने नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। 

‘यसले सामाजिक सुरक्षा र स्थानीय सरकारप्रति नागरिकको भरोसा रहन्छ’, उनले भने, ‘विपद्, दुर्घटना वा आर्थिक रुपमा कमजोर परिवारलाई सहयोग पुग्छ ।’

नगरभित्रका नागरिकको मृत्यु भएमा किरिया खर्च सामाजिक सुरक्षा कार्यक्रम सकारात्मक पहलका रूपमा लिन सकिने तिलागुफा–६ का स्थानीय गणेशबहादुर शाहीले बताए। 

‘कार्यक्रम कार्यान्वयनको पारदर्शिता हुनु आवश्यक रहेको छ’, उनले भने, ‘यसलाई पारदर्शी रूपमा कार्यान्वयन गराउन सके नागरिकमा स्थानीय सरकार भएको अनुभूति हुनेछ ।’

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १ : ४२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था