नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

शनिबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्लाको सिलगुडी–चम्पासारी निवासी ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू बाप्र०३–००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा काकडभिट्टाबाट काठमाडौँतर्फ यात्रा गरिरहेका थिए । शंकाका आधारमा गरिएको खानतलासीका क्रममा उनीहरूले लुकाइछिपाइ बोकेको ७५ ग्राम ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार बरामद गरिएको पदार्थ प्रतिबन्धित लागूऔषध ब्राउन सुगर भएको प्रारम्भिक अनुमान गरिएको छ। बरामद वस्तु परीक्षणका लागि पठाइएको र दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ९ : २१ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका