अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का « Khabarhub

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार साँझ करिब ७ः०४ बजे गएको भूकम्पको धक्का अफगानिस्तानसहित भारत, पाकिस्तान, चीन, ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको छ ।

भूकम्पको केन्द्र उत्तरपूर्वी अफगानिस्तानको कलाफगानबाट करिब ८१ किलोमिटर टाढा रहेको र यसको गहिराइ करिब २१५ किलोमिटर रहेको अन्तर्राष्ट्रिय भूकम्प मापन निकायहरूले जनाएका छन् ।

भारतमा विशेषगरी जम्मु–कश्मीर र दिल्ली–एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए। यद्यपि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।

श्रीनगरका स्थानीय इम्तियाज अहमदले आफू घरबाहिर कुर्सीमा बसिरहेको बेला अचानक कुर्सी र माथिका विद्युत् तारहरू हल्लिन थालेको बताए। त्यस्तै, विद्यार्थी वहीदले सडकमा हिँडिरहेका बेला हल्का धक्का महसुस गरेको प्रतिक्रिया दिएका छन्।

अधिकारीहरूले अवस्था सामान्य रहेको जनाउँदै क्षतिको विवरण संकलन भइरहेको बताएका छन् । भूकम्प गहिराइमा गएको भएकाले व्यापक क्षति नभएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १० : ०६ बजे

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत