मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना « Khabarhub

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसाहरामध्ये उनीहरुको परिवारसँग पुनःस्थापना गरिएको हो ।

भरतपुर महानगरपालिकामा २०७२ साल भदौबाट सञ्चालनमा आएको आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको छ । आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा ४५ जनाको निधन भएको छ ।

घरबारविहीन जटिल बिरामी भएर अशक्त भएका बालबालिकादेखि वृद्धवृद्धासम्म यहाँ ल्याउने गरिएको छ । चितवन मेडिकल कलेजले स्थापनादेखिनै सबै उपचार निःशुल्क गर्दै आएको छ । अध्यक्ष ढकालले भने, ‘सघन उपचार कक्षदेखि आवश्यक पर्ने शल्यक्रियालगायतका सबै उपचार कलेजले गर्ने गरेको छ ।’

जटिल अवस्थामा भेटिएकालाई उपचार हुने भएकाले त्यही पठाउनेसमेत गरिएको छ । अहिले आश्रममा दुई जना बालबालिकासहित ४५ जना आश्रित छन् । दाताहरुको भरमा आश्रम सञ्चालित छ । महिनामा दुईचार दिनबाहेक अधिकांश दिनमा दाताहरुले जन्म, वैवाहिक वर्षगाँठ, मृत्यु, पूण्यतिथि, स्थापना दिवसलगायतका अवसरमा व्यक्ति र सङ्घसंस्थाले खाना खुवाउने गरेका छन् । कतिपयले लत्ताकपडा र अन्य सहयोग पनि गर्ने गरेको उनले जानकारी दिए ।

आश्रममा बिहान र बेलुका स्वास्थ्यकर्मी परीक्षण एवं नियमित औषधि खुवाउने गरेका छन् । त्यहाँ पाँच जना कर्मचारीले उनीहरुको सेवा गर्दै आएका छन् । आश्रममा नै रहेका तन्दुरुस्त र गर्न सक्नेहरुले काममा समेत सघाउने गरेका छन् ।

आश्रममा रहेका दुई बालकलाई स्थानीय निजी स्कुलमा पढाइएको छ । एक महिनामा तीन लाख हाराहारी खर्च हुने गरेको छ । यस वर्ष बागमती प्रदेश सरकारले केही सहयोग गरेको भन्दै उनले कहिलेकाँही वडा कार्यालयसमेतले सहयोग गर्ने गरेको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : ०५ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने