स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन « Khabarhub

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि तयार पारिएको विधेयकको मस्यौदामाथि सुझाव दिने सोमबार अन्तिम दिन हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत साउन ६ गते सात दिनको समय सीमा तोकेर मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय/सुझाव मागेको थियो। इच्छुकले मन्त्रालयको कानुन शाखाको इमेलमार्फत सुझाव पठाउन सक्ने व्यवस्था गरिएको थियो।

प्रस्तावित संशोधनमा स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्धको कानुनी व्यवस्थालाई थप कडा बनाइने उल्लेख छ। साथै, स्वास्थ्य विषय अध्ययनरत विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने, हतियारसहित आपराधिक बल प्रदर्शनलाई निषेध गर्ने र मन्त्रालयलाई आवश्यक निर्देशिका तथा मापदण्ड बनाउने अधिकार दिने प्रस्ताव गरिएको छ।

सर्वसाधारणबाट प्राप्त सुझावको अध्ययनपछि मस्यौदा परिमार्जन गरी विधेयकलाई अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ११ : १५ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही