विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका « Khabarhub

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागूऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।

आर्थिक वर्ष २०८२–८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागूऔषध) सम्बन्धी छन् । प्रप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना परीक्षण सम्पन्न भएका थिए । तीमध्ये केमिस्ट्री तथा नार्कोटिक्सका एक हजार ३७ नमूना रहेको कार्यालय प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिए ।

यसैगरी, विवादित प्रलेखसम्बन्धी ४१ केस प्राप्त भई ४५ परीक्षण, डिएनएसम्बन्धी तीन केस प्राप्त भई नौ वटा नमुना परीक्षण तथा बायोलोजी, सिरोलोजी तथा वन्यजन्तु शाखामा दुई केस प्राप्त भई तीन नमूना परीक्षण सम्पन्न भएका छन् ।

आवको अन्तिमअर्थात् असार महिनामा मात्रै ९१ नयाँ केसमा एक सय नौ नमूना परीक्षण गरिएका छन् । तीमध्ये ८९ केसका एक सय चार नमूना लागूऔषधसम्बन्धी रहेका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आव २०८१–८२ को वार्षिक प्रतिवेदनले पनि धनगढी शाखामा लागूऔषधसम्बन्धी परीक्षणको चाप उच्च रहेको देखाएको छ ।

गत आवमा शाखामा एक हजार ३३६ केसका तीन हजार ३८० नमूना प्राप्त भएका थिए । तीमध्ये एक हजार २६९ केस (करिब ९५ प्रतिशत) लागूऔषधसम्बन्धी, ३१ बायोलोजी तथा डिएनए र ३६ विवादित प्रलेखसम्बन्धी थिए ।

प्रतिवेदनअनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्ला मात्र नभई कर्णाली र लुम्बिनी प्रदेशबाट समेत लागूऔषधका नमूना परीक्षणका लागि धनगढी शाखामा आउने गरेका छन् ।

प्रयोगशालाले लागूऔषध, डिएनए, जैविक नमूना तथा विवादित कागजातको वैज्ञानिक परीक्षण गरी प्रहरी, अदालत तथा अन्य अनुसन्धान निकायलाई प्रमाणमा आधारित अनुसन्धान र न्याय सम्पादनमा सहयोग पु¥याउँदै आएको कार्यालय प्रमुख चौधरीले बताए । लागूऔषध कारोबार र ओसारपसारका घटनामा वैज्ञानिक प्रमाणको महत्व बढ्दै जाँदा प्रयोगशालामा आउने नमूनाको सङ्ख्या पनि निरन्तर बढिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ११ : ४५ बजे

अशोकको विवादले फिल्म ‘पार्वती’को टिजर रोकियो

काठमाडौं – गायक अशोक दर्जीमाथि ’दुर्व्यवहार’ भएको भिडियो सार्वजनिक भएपछि

छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

महेन्द्रनगर– छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता

देवानगञ्जको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने

विराटनगर- सुनसरीको देवानगञ्ज तनावपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजे

२४ घण्टामा विपद्का ४२ घटना : ३ जनाको मृत्यु, २९ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४२ वटा घटना

देवानगञ्ज घटनापछि इनरुवा नगरपालिकामा दुई दिन शोक बिदा

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा साउन १० गते भएको