अशोकको विवादले फिल्म ‘पार्वती’को टिजर रोकियो « Khabarhub

अशोकको विवादले फिल्म ‘पार्वती’को टिजर रोकियो


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक अशोक दर्जीमाथि ‘दुर्व्यवहार’ भएको भिडियो सार्वजनिक भएपछि फिल्म ‘पार्वती’को टिजर सार्वजनिक रोकिएको छ ।

अशोकसमेत शीर्ष भूमिकामा रहेको फिल्म ‘पार्वती’ टिमले विज्ञप्ति जारी गरी यो जानकारी दिएको हो ।

निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सन प्रालिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हाल हाम्रो चलचित्रका बाल कलाकार अशोक दर्जीसँग सम्बिन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, यस संवेदनशील समयमा चलचित्रको प्रचार-प्रसारसम्बन्धि कुनै पनि सामाग्री सावजनिक नगर्न हामी बाध्य भएका छौं ।’

यो पनि : जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?

चाँडै नयाँ मिति घोषण गरी टिजर सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आर्थिक लेनदेनको विषयमा अशोकमाथि हातपात भएको भिडियो अहिले चर्चामा छ । यही घटनाले टिजर सार्वजनिक स्थगितसम्मको स्थिति आएको हो ।

सम्बन्धित समाचार :

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

गायक दर्जीमाथि हातपात प्रकरण: निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : १८ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी