गायक दर्जीमाथि हातपात प्रकरण: निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग « Khabarhub

गायक दर्जीमाथि हातपात प्रकरण: निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ टोलीले गम्भीर आपत्ति जनाउँदै उनको समर्थनमा ऐक्यबद्धता जनाएको छ।

चलचित्रकी निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै अशोकको प्रगति र लगनशीलताबाट अत्तालिएर उनलाई बदनाम गराउने नियतले पुरानो भिडियो अहिले सार्वजनिक गरिएको दाबी गरेकी छन्।

“हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिए पनि, सत्य के हो भन्ने कुरा निष्पक्ष छानबिन हुन आवश्यक छ,” निर्मात्री अधिकारीले भनेकी छन्, “कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमानित गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन।”

उक्त घटना धेरै समयअघिको भएको उल्लेख गर्दै उनले अहिले अशोकको निरन्तर मेहनत र सफलताले चर्चा पाइरहेका बेला नियतवश पुरानो भिडियो बाहिर ल्याइएको बताएकी छन्।

सामान्यता एउटा साधारण परिवारबाट आफ्नै प्रतिभा र क्षमताको बलमा साङ्गीतिक तथा अभिनय क्षेत्रमा अघि बढिरहेका दर्जीलाई यतिबेला सबैको साथ, सहयोग र न्यायको आवश्यकता रहेको चलचित्र टोलीले जनाएको छ। यसैबीच, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै अशोक दर्जीले इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनसमेत टोलीले सार्वजनिक गरेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : १३ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा