सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते « Khabarhub

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा जिप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । 

हलकण्डरा डाँडागाउँबाट आज बिहान १० बजे  दशरथपुरतर्फ जाँदै गरेको भे१ख ५४० नंको यात्रुवाहक मुस्ताङ जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिदा जिपमा सवार ती यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
 
त्यसमध्ये लेकबेँसी नगरपालिका–६ सुर्खेतका २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक पोखेरेलका अनुसार छाती, ढाड र शरीरको भित्री अङ्गमा चोट लागि गम्भीर अवस्थाका चारै बिरामीलाई उपचारका लागि माया नर्सिङ होम सुर्खेतमा पठाइएको छ । 

अन्य केही घाइतेको सोही नर्सिङ होममा र केही सामान्य घाइतेको भने स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको जनाइएको छ । 
 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : ३५ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय