त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए « Khabarhub

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूर (प्रश्नपत्रको गोपनीयता भंग) सम्बन्धी अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरिएको जनाएको हो।

सीआईबीका अनुसार पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।

मिश्रलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरिएको हो भने हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि साउन ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५: अर्घनाइजेश्नल बिहाबियर विषयको प्रश्नपत्र विभिन्न ह्वाट्स्एप समूहमा सार्वजनिक भएको घटनापछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जनाएको छ। साथै, प्रश्नपत्र चुहावट प्रकरणमा अन्यको संलग्नता भए नभएको विषयमा पनि थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  २ : २४ बजे

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान