देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग « Khabarhub

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा एक नेपाली युवाको मृत्यु भएको र अन्य घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

उनले ले मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

राप्रपाले घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगबाट छानबिन गरी हिंसा, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने कार्यमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरेको छ। दण्डहीनताको संस्कृतिले यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने राप्रपाको धारणा छ।

राप्रपाले तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व तथा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद हुने क्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

हिन्दु समुदाय लक्षित घटना दोहोरिएको दाबी गर्दै यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाको कमजोरी तथा प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न राप्रपाले सरकारलाई भनेको छ।

पार्टीले सर्वपक्षीय समिति गठन गरी तत्काल संवाद सुरू गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ।

राप्रपाले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति स्वीकार्य नभएको स्पष्ट गर्दै धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, विधिको शासन र नागरिक सुरक्षाको पक्षमा आफू दृढ रहेको जनाएको छ।

यसका साथै, संवेदनशील अवस्थालाई ध्यानमा राखी सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  २ : ३५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले