निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न « Khabarhub

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ ।

समितिको आजको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौं) को सुनुवाइको कार्यसूची राखिएको थियो । 

प्रस्तावित आयुक्तहरूबारे उजुरीको प्रक्रिया पूरा भएपछि उनीहरूले कार्ययोजना प्रस्तुत गर्न समय दिइएको हो । बैठकमा समितिका सदस्यहरूका जिज्ञाशाबारे प्रस्तावित आयुक्त वाग्लेले स्पष्ट पारेका थिए ।प्रस्तावित डा सुब्बाको सुनुवाइ केही समयपछि सुरु हुनेछ  ।

सांसदहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष निर्वाचन सम्पन्न कसरी गर्ने, विद्यमान निर्वाचन कानुनमा हुनुपर्ने संशोधन, विदेशमा रहेका मतदाताको मतदान विषयमा प्रश्नसहित प्रतिबद्धता माग गरेका थिए । सभापति बोधनारायण श्रेष्ठले नतिजामा आधारित कार्ययोजना पेस गर्न निर्देशन दिए ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहित आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । प्रस्तावित प्रमुख आयुक्त कार्कीको सुनुवाइ बुधबार हुनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  २ : ४६ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय