सुनसरी तनावले रास्वपा स्तब्ध, रविले भने : विवादको समाधान हिंसा र मुठभेटबाट हुन सक्दैन « Khabarhub

सुनसरी तनावले रास्वपा स्तब्ध, रविले भने : विवादको समाधान हिंसा र मुठभेटबाट हुन सक्दैन


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभापति रवि लामिछानेले वक्तव्य निकालेर यस घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिबाट सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।

रास्वपाले घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, झडपमा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट पार्दै रास्वपाले नेपाली समाजको सबैभन्दा ठूलो शक्ति नै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सद्भाव भएको बताएको छ।

पार्टीले सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूसँग हार्दिक अपिल गरेको छ । उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ।

परिस्थितिलाई सामान्य बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको जानकारी दिँदै रास्वपाले घटनाको निष्पक्ष र द्रुत छानबिनको माग गरेको छ ।

दोषीउपर कडा कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिन तथा राहत र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

यसैगरी, रास्वपाले यस दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सम्पूर्ण राजनीतिक दलहरूसँग विशेष आग्रह गरेको छ।

परिस्थिति सामान्य बनाउन र आपसी संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न पार्टी सक्रिय रहेको जनाउँदै स्थानीय समितिका सदस्यहरूलाई सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन समेत दिइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : २१ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।