देवानगञ्ज घटनामा एमालेको आरोप : सरकार गैरजिम्मेवार र दिशाहीन भयो « Khabarhub

देवानगञ्ज घटनामा एमालेको आरोप : सरकार गैरजिम्मेवार र दिशाहीन भयो


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण मेहताको मृत्यु भएको बताइएको छ। घटनामा सरकारकै कारण अन्य नागरिकहरू गम्भीर घाइते भएको उल्लेख गर्दै उनले दुःख व्यक्त गरेका छन्।

एमालेले नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी सरकार र स्थानीय प्रशासनको भए पनि संवेदनशील विषयमा उनीहरू गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको आरोप लगाएको छ।

वक्तव्यमा विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग, शक्ति प्रदर्शन र त्रासको वातावरण सिर्जना गरिएकाले परिस्थिति थप जटिल बनेको दाबी गरिएको छ।

एमालेले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

उसले घाइतेहरूको अविलम्ब, प्रभावकारी र निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टीले राज्यलाई दमनकारी रवैया तत्काल रोक्न र संयमताका साथ समस्याको दीर्घकालीन तथा शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ।

एमालेले देवानगञ्जसहित सुनसरीका नागरिकलाई अफवाहमा नलाग्न, धार्मिक, सामाजिक तथा जातीय सद्भाव, आपसी एकता र भाइचारा कायम राख्न पनि अपिल गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ३६ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले