सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ « Khabarhub

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशको संवेदनशील परिस्थितिमा सबै नागरिकलाई संयमित हुन भनेका छन् । उनले यो अवस्थामा सरकारलाई साथ दिन पनि अपिल गरेका छन्।

शाहीले धार्मिक र्‍यालीमाथि गोली चलाउने, हिंसा भड्काउने तथा दङ्गा फैल्याउने व्यक्ति वा समूहलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

उनले भनेका छन्, ‘यो अत्यन्त संवेदनशील अवस्थामा हामी सबैले संयमित हुँदै सरकारलाई साथ दिनुपर्छ। धार्मिक र्‍यालीमाथि गोली चलाउने, हिंसा भड्काउने र दङ्गा फैलाउने जो-कोहीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गर्दछु।’

शाहीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्नेमा जोड दिएका छन्। दङ्गाका क्रममा जसको भौतिक सम्पत्ति नष्ट भए पनि वा जसको ज्यान गए पनि त्यो सम्पूर्ण नेपालीकै क्षति भएको उनको भनाइ छ।

‘दङ्गामा जसको भौतिक सम्पत्ति नष्ट भए पनि, जसको ज्यान गए पनि नेपालीकै क्षति हो। ज्यान गुमाउनेहरू हाम्रै नेपाली दाजुभाइ हुन्,’ उनले भनेका छन्।

राप्रपा संसदीय दलका नेता शाहीले सबै पक्षलाई शान्त, जिम्मेवार र संयमित रहन आग्रह गर्दै हिंसाको सट्टा संवाद र कानुनी प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘सबै पक्षलाई शान्त, जिम्मेवार र संयमित भइदिन हार्दिक अपिल तथा अनुरोध गर्दछु। हिंसा होइन, संवाद र कानुनबाट समाधान खोजौँ।’

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : ०० बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु