देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल « Khabarhub

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका बारेमा कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्। एक सन्देश जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारमा प्रदेश सरकार जिम्मेवार रहेको बताएका छन्।

मुख्यमन्त्री कार्कीले उक्त घटनापछि विकसित परिस्थितिले नेपाली समाजमा सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल पुग्न सक्ने भन्दै मुख्यमन्त्री कार्कीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

‘नेपालको इतिहासमा विभिन्न धर्म, सम्प्रदाय र संस्कृतिका नागरिकहरू सधैँ एकताबद्ध भएर रहँदै आएको छ’, उनले भनेका छन्, ‘कुनै पनि बहानामा सामाजिक सद्भाव र जातीय एकता टुट्न दिन नहुनेमा हुँदैन त्यसको लागि हामी सबै एक भएर लागौँ।’

स्थितिलाई साम्य पार्न र शान्ति व्यवस्था कायम गर्नका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सुरक्षा निकायहरूलाई संयमित भएर अगाडि बढ्न मुख्यमन्त्रीले अपिल गरेका छन्।

घटनापछिको परिस्थितिलाई सहजीकरण गर्न कोसी प्रदेश सरकार पूर्ण जिम्मेवारीका साथ लागिपरेको बताउँदै उनले जिल्ला प्रशासनका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।

मुख्यमन्त्री कार्कीले सम्पूर्ण प्रदेशवासीलाई संयमता अपनाउँदै परापूर्वकालदेखि चल्दै आएको सामाजिक सद्भाव, शान्ति र एकता जोगाइराख्न विशेष आग्रहसमेत गरेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : ४१ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु