रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू « Khabarhub

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेको जानकारी दिएको छ । 

नेपाललाई पनि चिनिया पक्षले सो जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई जानकारी दिए । 

परियारले चीन सरकारसँग समन्वयमै कायम भइरहेकाले नदी आसपास क्षेत्रमा बसोबास गर्ने नागरिक र राहत र उद्धारमा खटिएका व्यक्तिहरू सुरक्षित रहन आग्रह गरेका छन् । 

चिनियाँ पक्षले ताल फुटेको जानकारी दियो । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चिनियाँ पक्षसँग कुराकानी गरिरहेको छ तर नदी आसपासका व्यक्तिहरू सुरक्षित रहनुपर्ने जानकारी आएको छ ।

प्रजीअ परियारले खबरहबलाई भने, ‘उतापट्टि रात र उद्धार कार्य रोकिएको छ रे यता पनि त्यस क्षेत्रमा जान धेरै जोखिम देखिएको छ । लेदो र पानी आउने क्रम सुरु हुन लागेको भन्ने छ हामी पनि जानकारी लिइरहेका छौं तर त्यो क्षेत्रका बासिन्दाहरुलाई थप सुरक्षित हुने सूचना पुर्‍याइदिनु पर्‍यो ।’

परियारले चीन सरकारसँग समन्वय भएर अरु थप जानकारी लिइरहेको बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १२ : ५५ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी