चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह « Khabarhub

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा सतर्कता अपनाउन आग्रह गरिएको छ। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार चिनियाँ पक्षबाट करिब आधा घण्टाअघि ताल फुटेको जानकारी प्राप्त भएको हो।

अध्यक्ष तामाङले ताल फुटेपछि यसअघि बाढीबाट प्रभावित क्षेत्रमा नै बढी असर पर्ने भएकाले तत्काल ठूलो विनाशको अवस्था नरहेको बताए। यद्यपि रातको समय र उद्धार तथा राहतका काम भइरहेकाले जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनुपर्ने उनको भनाइ छ।

‘पहिला जहाँ बाढी आएको थियो, त्यहीँ नै असर गर्ने भएकाले त्यहाँ ठूलो विनाश भइसकेको छ। पहिलाको जति विनाश हुने अवस्था छैन। तर राहत र उद्धारका लागि त्यहाँ टोली खटिरहेको हुँदा केही समस्या र जोखिम हुनसक्ने जानकारी आएको छ,’ अध्यक्ष तामाङले भने।

उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित रहन अपिल गरिरहेको छ। विशेषगरी त्रिशूली नदीको बहाव क्षेत्र आसपास जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

अध्यक्ष तामाङका अनुसार रसुवाबाट चीनतर्फ ताल बनेको र फुटेको भनिएको स्थानसम्म पुग्न करिब १७ देखि २० किलोमिटर दूरी रहेको बताइएको छ।

‘चिनियाँ पक्षले जहाँ ताल बनेर फुट्यो भनेको छ, त्यो ठाउँ पुग्न रसुवाबाट करिब १७ देखि २० किलोमिटर लाग्छ। त्यसकारण पनि हामी सुरक्षित हुनुपर्छ। आत्तिहाल्नुपर्ने र ठूलो विनाश हुने अवस्था नरहे पनि रातको समय र उद्धार कार्य भइरहेकाले केही गतिविधि स्थगित गर्नुपर्ने हुन सक्छ। यस विषयमा छलफल भइरहेको छ,’ उनले भने।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले त्रिशूली नदीको बहाव क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १२ : ४८ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी