भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन « Khabarhub

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेना सक्रिय भएको छ । 

शवको व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ।

शव संकलन तथा खोजी कार्य ढिलो भएको गुनासोपछि सेनाले विशेष टोली परिचालन गरेर सम्भावित स्थानमा खोजी तथा शव संकलन गरिरहेको जनाएको छ।

बाढीले बगाएर तल्लो तटीय क्षेत्रसम्म पुर्‍याएका शवको खोजी तथा संकलनका लागि आज रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप १ हजार २ सय सैनिक परिचालन गरिएको छ। 

नेपाली सेनाले प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा सैनिक टोली खटाएर खोजी तथा शव संकलनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।

यसअघि बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको थियो। 

थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।

नदीमा तीव्र बहाव र कठिन भौगोलिक अवस्था रहे पनि सैनिक टोलीले सम्भावित स्थान पहिचान गर्दै निरन्तर खोजी तथा शव संकलनको काम गरिरहेको सेनाले जनाएको छ।

सेनाका टोलीले रसुवादेखि त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रसम्म सम्भावित स्थानमा निगरानी र खोजीलाई विस्तार गरेका छन्। 

बाढीले बगाएर टाढासम्म पुर्‍याएका हुन सक्ने भएकाले नदीको तल्लो तटीय क्षेत्रमा समेत खोजीलाई केन्द्रित गरिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १ : ५२ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी