बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन « Khabarhub

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ । 

प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरू प्रभावित भएर सेवामा असर परेको थियो । 

ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एनसेलको प्राविधिक टोलीको अथक प्रयासबाट आज १४ टावरहरू पुनः सञ्चालनमा आएका हुन् ।

‘सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावरहरू सञ्चालनमा ल्याइएको छ भने कति स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी नेटवर्क पुन सुचारु गरिएको छ । 

केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनः स्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको छ,’ एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन् ।

उनका अनुसार, बाढी तथा पहिरोबाट बन्द रहेको नेटवर्क पुनः स्थापनाका लागि एनसेलले आफ्ना प्राविधिक टोलीलाई एयर रुट र ल्याण्ड रुट दुवै रुटबाट आफ्नो प्राविधिक टोली परिचालन गरेको थियो । 

सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनः स्थापना गर्न सफल भएका हुन् ।

यसैबीच, आज दिउँसो १२एम४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ वटा साइट प्रभावित भएका थिए । एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइटसमेत पुनः सञ्चालनमा ल्याएको छ ।

विपद्को यस कठिन समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण रहेको एनसेलले जनाएको छ । 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ३ : १६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११