दक्षिण कोरियामा जासुसीको आरोपमा दुई पूर्वचिनियाँ सैनिक पक्राउ « Khabarhub

दक्षिण कोरियामा जासुसीको आरोपमा दुई पूर्वचिनियाँ सैनिक पक्राउ


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दक्षिण कोरियामा जासुसी गरेको गम्भीर आरोपमा दुई जना पूर्वचिनियाँ सैनिक अधिकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ। दक्षिण कोरियाली सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरूले अमेरिकी र दक्षिण कोरियाली संयुक्त सैन्य अखडा तथा लडाकु विमानहरूको संवेदनशील सञ्चार सूचनाहरू अवैध रूपमा संकलन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ परेका ६० वर्षका एक चिनियाँ नागरिकले दक्षिण कोरियाको एक वायुसेना अखडा नजिकैको होटलमा सफ्टवेयरबाट सञ्चालित रेडियो रिसिभर, एन्टेना र ल्यापटप जडान गरी अत्याधुनिक जासुसी उपकरण सेटअप गरेका थिए। उनले सोही उपकरणमार्फत दक्षिण कोरियाली र अमेरिकी लडाकु विमानका पाइलटहरू तथा एयर ट्राफिक कन्ट्रोलरबीचको गोप्य सञ्चार संवादहरू अनधिकृत रूपमा सुन्ने र रेकर्ड गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी यसअघि चिनियाँ सेनामा कार्यरत रहेको बताइएको छ।

त्यसैगरी, प्रहरीले अर्का एक ४० वर्षका चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको छ, जो सियोल नजिकैको अमेरिकी सैन्य मुख्यालयसम्बन्धी संवेदनशील जानकारीहरू अवैध रूपमा संकलन गर्न संलग्न थिए। उनले अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास, हतियारको ओहोरदोहोर झल्काउने तस्बिरहरू र उच्चपदस्थ सैन्य कर्मचारीहरूको सरुवा तथा फेरबदलसम्बन्धी विवरणहरू संकलन गरेका थिए। अमेरिकी सैन्य अखडा नजिकै सैन्य सामग्रीको पसल सञ्चालन गर्दै आएका ती व्यक्तिले त्यस क्षेत्रमा काम गर्ने एक दक्षिण कोरियाली महिलासँगको सम्बन्धको फाइदा उठाइ आर्थिक प्रलोभन देखाएर उक्त गोप्य सूचनाहरू हात पारेका थिए।

दक्षिण कोरियाली प्रहरीले शत्रुलाई सहयोग पुर्याउने तथा सञ्चार र सैन्य प्रतिष्ठानहरूको सुरक्षासम्बन्धी कानुनको उल्लंघन गरेको अभियोगमा उनीहरूमाथि मुद्दा चलाएको छ। दुवै आरोपीहरूको ल्यापटप र अन्य विद्युतीय उपकरणहरू जफत गरी उनीहरूले संकलन गरेका गोप्य सूचनाहरू चिनियाँ अधिकारीहरूलाई प्रत्यक्ष रूपमा बुझाएका थिए वा थिएनन् भन्ने विषयमा विस्तृत फोरेन्सिक जाँच भइरहेको छ। यो घटनाले क्षेत्रमा बढ्दो गुप्तचर गतिविधि र सुरक्षा चुनौतीलाई थप गम्भीर बनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ११ : २२ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका