हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित « Khabarhub

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि नर्वे युइएफए नेसन्स लिगअन्तर्गत ‘लिग ए’ समूह ४ को खेलमा पोर्चुगलसँग २–१ गोल अन्तरले पराजित भएको छ। जितसँगै पोर्चुगलले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।

आइतबार राति सम्पन्न खेलको १७औँ मिनेटमा पेड्रो नेतोको पासमा जोआओ फेलिक्सले गोल गर्दै भ्रमणकारी टोली पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५१औँ मिनेटमा प्याट्रिक वर्गको पासलाई सदुपयोग गर्दै हालान्डले नर्वेका लागि बराबरी गोल फर्काए। यो नेसन्स लिगमा हालान्डको २२औँ गोल हो। यससँगै उनी नेसन्स लिगको इतिहासमै सर्वाधिक गोलकर्ताका रूपमा आफ्नो कीर्तिमानलाई थप मजबुत बनाउन सफल भएका छन्।

हालान्डको गोलको खुसी नर्वेले लामो समय मनाउन पाएन। गोल भएको तीन मिनेटमै ५४औँ मिनेटमा नर्वेका गोलरक्षक ओर्जन निल्यान्डको गम्भीर गल्तीको फाइदा उठाउँदै गोन्सालो रामोसले पोर्चुगलका लागि निर्णायक गोल गरे। निल्यान्डले सिधै रामोसलाई दिएको बललाई उनले चिप गर्दै उत्कृष्ट ढङ्गले जाली चुमाएका थिए।

त्यसपछि पनि राफेल लिआओको प्रहार बारमा ठोक्किएर फर्किएपछि प्राप्त बलमा रामोस चुक्न पुगेका थिए। निल्यान्डकै अर्को गल्तीमा रामोसले पुनः बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले त्यसलाई अफसाइड ठहर गर्दै गोलको मान्यता दिएन।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई यस खेलमा बेन्चमै सीमित राखिएको थियो। आफ्नो व्यावसायिक खेल जीवनमा १,००० गोलको कोसेढुङ्गा पछ्याइरहेका ४१ वर्षीया रोनाल्डोले उक्त उपलब्धि हासिल गर्न अझै २१ गोल गर्न बाँकी छ।

यस्तै चोटका कारण म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस पनि पोर्चुगलको टोलीमा समावेश थिएनन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ५८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का