मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित « Khabarhub

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर (एमएलएस) को खेलमा इन्टर मायमी कोलम्बस क्र्युसँग २–१ गोल अन्तरले पराजित भएको छ।

खेलको २८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै जोसेफ मार्टिनेजले कोलम्बस क्र्युलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटमै ३३औँ मिनेटमा इन्टर मायमीका कप्तान लिओनेल मेसीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटसम्म १–१ को स्थितिमा रहेको खेलको इन्जुरी समयमा नाटकीय मोड आयो। ९० पछिको ६औँ मिनेटमा इन्टर मायमीका युवा खेलाडी सान्तियागो मोरालेसले रातो कार्ड (दोहोरो पहेँलो) खाँदै मैदान छाडेपछि मायमी १० खेलाडीमा समेटियो।

त्यसको फाइदा उठाउँदै ९० मिनेटपछि थपिएको ९औँ मिनेटमा कोलम्बसका जमाल थियारेले गोल गर्दै टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : १५ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,