काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण मङ्गलबार बिहान एउटा साढे दुई तले घर ढलेको छ।
धापाखेलस्थित वडा कार्यालय नजिकै भिरालो सतहमा तीन आना जमिनमा बनेको सोवितकुमार थापाको साढे दुई तले घर बिहान करिब ६ बजेर ३५ मिनेटमा पल्टिएको हो। लगातारको वर्षाका कारण जमिन गलेर घर ढल्न पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
घर ढले पनि पूर्वसावधानी अपनाइएकाले कुनै मानवीय क्षति भने हुन पाएको छैन। घर जोखिममा रहेको देखिएपछि सोमबार नै परिवारका तीनै जना सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो।
घर ढल्दा त्यसमुनि रहेको खोल्सोसमेत थुनिन पुगेको प्रहरीले जनाएको छ। उक्त घर पल्टिएपछि पश्चिमतर्फ रहेको अमृता सुनुवारको घरसमेत जोखिममा परेकाले हाल सो घर पनि खाली गराउने काम भइरहेको छ।















प्रतिक्रिया