वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग « Khabarhub

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि भएको धनजनको क्षतिको जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त भएको, बस्ती डुबानमा परेको, सडक–पुल बगेको र नागरिकहरू सम्पर्कविहीन भएको उल्लेख गर्दै जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी हुन्  ।

उनले स्याङ्जा र गुल्मीबीचको आवागमन सहज बनाउन कालीगण्डकी जलविद्युत आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरिन् । 

बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य युद्धस्तरमा अघि बढाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाद्यान्न, आवास, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्न उनले आग्रह गरिन् । 

उनले तटीय तथा जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि तीनै तहको समन्वयमा दीर्घकालीन सुरक्षित पुनर्स्थापनाको राष्ट्रिय गुरुयोजना निर्माण गर्नुपर्ने र विपद्सँग सम्बन्धित कानुनी अड्चन फुकाउन शीघ्र कानुन बनाउनुपर्ने धारणा राखिन् । 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १२ : ४१ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम