स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन « Khabarhub

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा) ले छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा सांसद खरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा गएर सद्भाव र मित्रभाव मात्र प्रकट गरेको स्पष्ट पार्दै छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताए । 

उनले छिमेकीसँग मिलेर अघि बढ्ने आशयका साथ उक्त अभिव्यक्ति आएको दाबी गरे । भारतसँग देखिएका सीमा विवाद तथा अन्य समस्याहरूलाई कूटनीतिक पहल र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए । 

त्यस्तै सांसद खरेलले रास्वपा जिम्मेवार भएर अघि बढ्न तयार रहेकाले विपक्षी दलहरूलाई गाली गर्ने राजनीतिमा नलाग्ने बताए । 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ५ : ३५ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका