दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड « Khabarhub

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । 

दसैँ मनाउन स्थायी घर गएका नागरिकले त्यही मौकामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुगेका कारण त्यहाँ सेवाग्राहीको भीड लागेको हो ।

सेवाग्राहीको चाप बढेपछि उक्त कार्यालयले जिल्ला निर्वाचन कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्गलबार मात्रै १७० जनाले नागरिकता, २१० जनाले राष्ट्रिय परिचयपत्र, ९२ जनाले राहदानी तथा १७ जनाले नाबालक परिचयपत्र बनाएका छन् । 

सेवाग्राहीको भीड अझै बढेमा जिल्ला समन्वय समितिबाट समेत थप कर्मचारी बोलाएर सेवा प्रवाह गरिने उनले बताए ।

दसैँको बिदामा घर गएका अधिकांश व्यक्ति चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने सेवाग्राहीको सङ्ख्या बढेको प्रशासकीय अधिकृत नारायण घर्तीले बताए ।

सेवाग्राहीको चाप बढेपछि कार्यालयले सेवाप्रवाहलाई व्यवस्थित बनाउन कर्मचारीलाई कार्यालय समयपछि समेत खटाउँदै आएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । 

सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै बसेर प्रशासकीय अधिकृतले सेवा प्रवाह तथा सहजीकरण गर्दै आएका छन् । कार्यालयले कतिपय फाँटमा सेवाग्राहीले एकअर्काको पालो नमिचुन् भन्ने उद्देश्यले टोकन प्रणालीसमेत लागू गरेको छ ।

जिल्ला सदरमुकाममा यस बेला सेवाग्राहीको भीडभाड हुने भएका कारणले कतिपय सेवाग्राही अघिल्लो दिन नै सदरमुकाम तम्घास आएर बास बस्ने र भोलिपल्ट बिहानै कार्यालयमा लाइनमा बस्ने गरेका पाइएको छ । 

जिल्ला प्रशासनमा जनजाति प्रमाणित, पेन्सन, संस्था नवीकरण तथा अभिलेख प्रमाणितलगायत सेवा लिन आउने सेवाग्राहीको चाप बढेको प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिए ।

जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा अहिले जिल्ला प्रशासनमा सेवाग्राहीको चाप बढी छ । केही दिनपछि अहिलेको सेवाग्राहीको चाप क्रमशः घट्दै जाने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १० : ४५ बजे

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय