बहुउपयोगी प्रजातिका बिरुवा रोपण « Khabarhub

बहुउपयोगी प्रजातिका बिरुवा रोपण


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ । 
कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा वृक्षारोपण गर्नुका साथै अन्य सामुदायिक वन र निजी जग्गामा रोपण गर्न मागअनुसार बिरुवा वितरण गरेको हो ।

डिभिजन वन कार्यालय, तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनमा रुद्राक्ष, आँप, लिची, एभोकाडो, कटहर, चाँप, तेजपातलगायत प्रजातिका बिरुवा रोपिएका छन् । 

उक्त कार्यक्रमले वन संरक्षणसँगै फलफूल उत्पादन, आयआर्जन र वन क्षेत्रको बहुउपयोगलाई जोड्ने लक्ष्य राखेको उनले बताए । कार्यालयले खोरादी, भोर्ले फूलबारी, मालागिरी र सानो देउराली सामुदायिक वनमा वृक्षारोपण गरेको छ । यी चार सामुदायिक वनमा मात्रै कुल साढे पाँच हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।

खोरादी सामुदायिक वनमा एक हेक्टर क्षेत्रफलमा ६२५ वटा रुद्राक्षका बिरुवा रोपिएका छन् । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रुद्राक्षको खेतीलाई वन क्षेत्रसँग जोडेर प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो ।

त्यस्तै, मालागिरी सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० वटा रुद्राक्षका बिरुवा रोपिएका छन् । रुद्राक्षका बिरुवाले भविष्यमा उत्पादन दिन थालेपछि सामुदायिक वनको उपयोगिता बढ्नुका साथै स्थानीयस्तरमा आम्दानीको सम्भावना सृजना हुने अपेक्षा गरिएको रानाभटले बताए ।

भोर्ले फूलबारी सामुदायिक वनको एक हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका छन् । उक्त वनमा १०० कटहर, १४० वटा लिची र १८५ वटा एभोकाडोका बिरुवा रोपिएको छ । 

फलफूलका प्रजाति छनोट गरेर गरिएको वृक्षरोपणले वन क्षेत्रको उपयोग बढाउनुका साथै भविष्यमा फलफूल उत्पादन र स्थानीय आयआर्जनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । 

सानो देउराली सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका एक हजार ६६६ वटा बिरुवा रोपिएका छन् । उक्त क्षेत्रमा ५०० चाप, ३०० तेजपात, २५० आँप, २५० लिची, ६६ एभोकाडो, १०० बडहर र २०० रुद्राक्षका बिरुवा रोपिएको छ ।

एउटै सामुदायिक वनमा काठ, फलफूल तथा अन्य बहुउपयोगी प्रजातिका बिरुवा रोपेर वनको विविधता बढाउने प्रयास गरिएको छ । रानीवन सामुदायिक वनलाई १२० वटा आँप, १२० वटा लिची र १२० वटा एभोकाडोका बिरुवा उपलब्ध गराइएको छ । त्यस्तै, मधुवन सामुदायिक वनलाई २६० वटा आँप, २६० वटा लिची र २६० वटा एभोकाडोका बिरुवा वितरण गरिएको छ ।

शेरा सामुदायिक वनलाई २०० आँप र २०० लिचीका बिरुवा वितरण गरिएको छ । छपेली सामुदायिक वनलाई २० आँप, २० लिची, ५० एभोकाडो र २०० वटा मेकाडेनियाका बिरुवा उपलब्ध गराइएको छ । 

यसैगरी, सालडाँडा धुसेनी वनलाई १० आँप, १२० एभोकाडो, १०० रुद्राक्ष, ५० मेकाडेनिया र २० वटा बोधिचित्तका बिरुवा वितरण गरिएको छ । सामुदायिक वनमार्फत विभिन्न प्रजातिका बिरुवा रोपण र वितरण गर्ने कार्यक्रमले वन उपभोक्ता समूहलाई वन क्षेत्रको उत्पादनमूलक उपयोगतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १२ : १५ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र