इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा « Khabarhub

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा बहुमत प्राप्त गर्न आवश्यक सिट सङ्ख्याभन्दा पछाडि रहेको छ ।

बुधबार सार्वजनिक आंशिक मतगणनाको नतिजाअनुसार ५१.८ प्रतिशत मत गणना हुँदा नेतान्याहुको गठबन्धनले १२० सदस्यीय संसद्मा ५५ सिट प्राप्त गरेको छ । उनका प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४९ सिट प्राप्त गर्दा अरब दलहरूले १६ सिट जित्ने देखिएको छ ।

मतगणना जारी रहेकाले अन्तिम परिणाममा परिवर्तन हुन सक्ने जनाइएको छ । दुवै पक्षले बहुमत प्राप्त गर्ने स्पष्ट सङ्केत नदेखिए पनि सरकार गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनमा करिब ७८ प्रतिशत मतदाताले मतदान गरेका छन् । सन् १९९९ यताकै उच्च मतदान भएको यो निर्वाचनलाई नेतान्याहुको नेतृत्व र इजरायलको पछिल्लो राजनीतिक दिशाबारे जनमत सङ्ग्रहका रूपमा हेरिएको छ ।

इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका ७७ वर्षीय नेतान्याहुले देशलाई दक्षिणपन्थी दिशातर्फ अघि बढाएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि उनले गाजासहित विभिन्न क्षेत्रमा सैन्य कारबाहीलाई तीव्रता दिएका थिए ।

निर्वाचनको प्रारम्भिक नतिजाले अरब दलहरूको उल्लेख्य सुधार देखाएको छ । नेतान्याहुको विपक्षी गठबन्धनले अरब दलहरूको समर्थन प्राप्त गरेमा संसद्मा बहुमत पुर्‍याउन सक्ने देखिएको छ । तर, आइजेनकोटले चुनावी अभियानका क्रममा अरब सांसदहरूलाई समेटेर सरकार नबनाउने बताएका थिए । नेतान्याहुले पनि अरब दलहरूको समर्थनमा बन्ने सरकारको वैधतामाथि प्रश्न उठाउँदै आएका छन् ।

यद्यपि, अरब सांसदहरूले सरकारमा सहभागी नभई संसदीय मतदानमा विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने सम्भावना पनि छ ।

सरकार गठनका लागि कुनै पनि पक्षले स्पष्ट बहुमत प्राप्त नगरेमा गठबन्धन निर्माणका लागि लामो वार्ता हुन सक्नेछ । वार्ता असफल भएमा पुनः निर्वाचनको सम्भावनासमेत रहन्छ । नयाँ सरकार गठन नभएसम्म नेतान्याहु कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहनेछन् ।

बुधबार बिहान तेल अभिभमा समर्थकहरूलाई सम्बोधन गर्दै ६६ वर्षीय आइजेनकोटले नेतान्याहुलाई राजनीतिक स्वार्थका लागि देशको सुरक्षालाई प्रयोग नगर्न चेतावनी दिए । उनले नेतान्याहुलाई जनताको विश्वास र स्पष्ट जनादेश गुमाइसकेको कामचलाउ प्रधानमन्त्रीको संज्ञा दिए ।

‘जनताले परिवर्तनका पक्षमा मतदान गरेका छन्,’ उनले भने । जनताको अविश्वासको मत स्वीकार गर्दै नेतान्याहुले राजनीतिबाट अवकाश लिनुपर्ने उनको भनाइ थियो ।

यता, बुधबार बिहान जेरुसेलममा समर्थकहरूलाई सम्बोधन गर्दै नेतान्याहुले दक्षिणपन्थी शक्तिहरू एकजुट भएर बलियो सरकार बनाउनुपर्ने बताए । उनले आफूले प्रत्यक्ष रूपमा विजयको दाबी भने गरेनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बुधबार पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुलाई दिएको समर्थनले उनलाई निर्वाचनमा ठूलो सहयोग पुगेको बताएका छन् ।

गाजामा जारी सैन्य कारबाही, इरानसँगको युद्ध, पश्चिम किनारमा यहुदी बस्ती विस्तार र प्यालेस्टिनीमाथिको हिंसाका कारण इजरायल अन्तर्राष्ट्रिय रूपमा थप दबाबमा रहेका बेला यो निर्वाचन भएको हो ।

आइजेनकोटले पनि नेतान्याहुसँग मिल्दोजुल्दो सुरक्षा नीति अपनाउँदै गाजामा सैन्य कारबाहीलाई समर्थन गरेका छन् । तर, उनले इजरायलभित्र सबै समुदायलाई समेट्ने वातावरण निर्माण गर्ने र पश्चिम किनारमा हिंसात्मक गतिविधिमा संलग्न यहुदी बस्तीका बासिन्दालाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनको पूर्ण नतिजा बिहीबार साँझ वा शुक्रबार बिहानसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  २ : ३५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत