ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता? « Khabarhub

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र सीमित छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेपछि उनलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउनुपर्ने प्रस्ताव सामाजिक सञ्जालमा अघि सारिएको छ । ट्रम्पका सहयोगीहरूले नै यस्तो सुझाव दिएपछि निकीको सम्भावित राजनीतिक भूमिकालाई लिएर चर्चा सुरु भएको हो ।

यो चर्चा त्यतिबेला सुरु भयो, जब निकीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग एयर फोर्स वनमा यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । भिडियोमा उनले विमानको भित्री भाग देखाउँदै आफ्नो अनुभव साझा गरेकी छन् । उनले ट्रम्पको अन्तर्राष्ट्रिय नीतिको प्रशंसासमेत गरेपछि ह्वाइट हाउसका अधिकारीहरूको ध्यान उनीतर्फ गएको देखिन्छ ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले निकीको भिडियोमा प्रतिक्रिया दिँदै लेखे, ‘महिला तथा सज्जनवृन्द, मलाई लाग्छ हामीले नयाँ ह्वाइट हाउस प्रेस सचिव फेला पारेका छौँ ।’ ट्रम्पका सल्लाहकार एलेक्स ब्रुसेविट्जले पनि यो प्रस्तावलाई समर्थन गरे। ह्वाइट हाउसको आधिकारिक एक्स खाताले आँखाको इमोजी राखेर प्रतिक्रिया जनाएपछि विषयले थप चर्चा पायो ।

निकीले पनि पसिनाले भिजेको अनुहार र अमेरिकी झन्डाको इमोजीमार्फत प्रतिक्रिया दिइन्। यद्यपि, उनको प्रतिक्रियालाई प्रेस सचिव बन्ने औपचारिक सहमतिका रूपमा बुझ्न मिल्दैन । ह्वाइट हाउसले उनलाई उक्त पदमा नियुक्त गर्ने कुनै आधिकारिक निर्णय गरेको छैन । त्यसैले अहिले यो विषय अनौपचारिक प्रस्ताव र सामाजिक सञ्जालको चर्चामै सीमित छ ।

यसअघि निकी ट्रम्पसँगै मिशिगनको पोर्ट ह्युरोनमा आयोजित कार्यक्रममा सहभागी भएकी थिइन् । कार्यक्रममा ट्रम्पले उनको शारीरिक बनावटबारे टिप्पणी गर्दै प्रशंसा गरेका थिए र उनलाई उठ्नसमेत आग्रह गरेका थिए ।

संगीतका कारण विश्वभर चिनिएकी निकी पछिल्लो समय ट्रम्पप्रतिको समर्थनका कारण पनि चर्चामा छिन् । तर, सामाजिक सञ्जालमा उनलाई प्रेस सचिव बनाउनुपर्ने सुझाव आउँदैमा उनको राजनीतिक नियुक्ति निश्चित भएको भने होइन ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ७ : ०० बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल