पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य « Khabarhub

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।

पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । २५ बल खेल्दा उनले एक छक्का र चार चाैका हिर्काए । माहेन्दी हसनले ३२ रन बनाए । उनले २१ बलमा चार चौका र एक छक्काको मद्दतमा ३२ रन जोडेका हुन् ।

कप्तान कुशल भुर्तेलले २१ रन जोड्दा दुई चौका हिर्काए । शाकिब अल हसन १६ बलमा १४ रन बनाउँदा आउट भए भने धनञ्जय लक्षण १६ बल खेलेर ११ रन बनाउँदा रन आउट भए । सदिरा समरविक्रमा ८ र ओपनर दिनेश खरेल ४ रनमा आउट भएका छन् ।

सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्दै अनिल खरेलले तीन विकेट हात पारे । उनले २३ रन खर्चिए । चार ओभर बलिङ गर्दै कप्तान दिपेन्द्रसिंह ऐरीले २१ रन खर्चिएर एक विकेट हात पारे । उसका लागि हेमन्त धामी, स्कट कुगलेइनले एकएक विकेट लिए । केही बेरमा सुदूरले जवाफी ब्याटिङ गर्दै छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ६ : ४८ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल