इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता « Khabarhub

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता गरिरहेको छ।

वरिष्ठ अरब सांसद तथा ताल पार्टीका अध्यक्ष अहमद तिबीले बुधबार यस्तो जानकारी दिएका हुन्। अरब समुदायको प्रतिनिधित्व गर्ने ताल, बालाद र हदाश दलहरू सम्मिलित गठबन्धन ‘जोइन्ट लिस्ट’ ले नेतान्याहूलाई सत्ताबाट हटाउने प्रयासमा विपक्षी गठबन्धनलाई सहयोग गर्न सक्ने उनले बताएका छन्।

इजरायली सरकारी रेडियो ‘कान रेशेत बेट’ सँगको अन्तर्वार्तामा तिबीले जोइन्ट लिस्टले विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने भए पनि सरकारमा औपचारिक रूपमा सहभागी हुने सम्भावना कम रहेको स्पष्ट पारे।

नेतान्याहूलाई सरकार गठन गर्नबाट रोक्न सफल भएको उल्लेख गर्दै उनले अरब समुदायका मतदाताले निर्वाचनपछिको राजनीतिक समीकरणमा थप प्रभाव पार्न आफूहरूलाई आग्रह गरेको बताए।

तिबीका अनुसार अरब अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित अपराध नियन्त्रण, घर भत्काउने कार्य रोक्ने, पूर्वाधार विकास र घृणाजन्य गतिविधि नियन्त्रणजस्ता विषयमा प्रगति हुने सुनिश्चित भएमा जोइन्ट लिस्ट संसदीय सहकार्यका लागि तयार छ।

यसैबीच, विपक्षी गठबन्धनमा आबद्ध डेमोक्र्याट्स पार्टीका नेता यायर गोलानले अरब दलहरूसँग सहकार्य नगर्ने अडान त्याग्न आफ्ना सहयोगीहरूलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले नेतान्याहूले यहुदी र अरब मतदाताबीच सिर्जना गरेको विभाजनलाई स्वीकार गर्न नहुने बताएका छन्।

जोइन्ट लिस्टका अध्यक्ष युसेफ जबारिनले पनि नेतान्याहूलाई सत्ताबाट हटाउन विपक्षी नेता गादी आइजेनकोटलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। नेतान्याहू नेतृत्वको सरकारको विकल्प दिन चाहने पक्षले अरब दलहरूसँग वार्ता गर्नुपर्ने उनको भनाइ छ।

सरकार गठनमा अरब दल निर्णायक बन्न सक्ने

निर्वाचनपछिको मतगणनाका क्रममा सार्वजनिक प्रारम्भिक अनुमानअनुसार कुनै पनि प्रमुख गठबन्धनले सरकार गठनका लागि आवश्यक संसदीय बहुमत हासिल गर्ने अवस्था देखिएको थिएन।

इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार करिब ७७ प्रतिशत मतगणना हुँदा १२० सदस्यीय संसदमा नेतान्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धनले ५४ सिट र पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४९ सिट जित्ने अनुमान गरिएको थियो।

त्यस्तै, जोइन्ट लिस्ट र मुस्लिम राआम पार्टीले संयुक्त रूपमा १७ सिट जित्ने अनुमान गरिएकामा ११ सिट जोइन्ट लिस्टको भागमा पर्ने देखिएको थियो।

यसले सरकार गठनका लागि जोइन्ट लिस्ट निर्णायक बन्न सक्ने सम्भावना बढाएको छ। गठबन्धनमा औपचारिक रूपमा सहभागी नभई संसदीय समर्थन दिएर पनि उसले सरकार गठनको समीकरण प्रभावित पार्न सक्छ।

यद्यपि, नेतान्याहू र आइजेनकोट दुवैले यसअघि अरब दलहरूसँग मिलेर सरकार गठन गर्ने सम्भावनालाई अस्वीकार गरेका थिए। यस्तो अवस्थामा निर्वाचनपछि आवश्यक बहुमत जुटाउन दुवै पक्षलाई चुनौती हुने देखिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ७ : ३६ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल