स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत « Khabarhub

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि पाँच करोड ४० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ।

महासमितिले स्वीकृत गरेको बजेटमध्ये ३९ प्रतिशत रकम स्वयम्भू तथा आसपासका क्षेत्रको पूर्वाधार विकास र संरक्षणमा तथा ६१ प्रतिशत प्रशासनिक खर्चका लागि छुट्याइएको छ। उक्त बजेट गत आर्थिक वर्षको तुलनामा २५ लाख रुपैयाँले बढी हो।

महासमिति अध्यक्ष भिक्षु धर्ममूर्तिले स्वयम्भू महाचैत्य र त्यससँग सम्बन्धित संरचनाको जीर्णोद्धार तथा मौलिक स्वरूप संरक्षणलाई प्राथमिकता दिइने जानकारी दिए।

महासमितिले स्वयम्भू आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र धर्मावलम्बीलाई सम्पदाको ऐतिहासिक महत्त्वबारे जानकारी दिने, नियमित पूजा सञ्चालन गर्ने तथा धार्मिक वनको संरक्षण गर्दै बिरुवा रोप्ने कामसमेत गर्दै आएको छ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत निकायसँग समन्वय र सहकार्य गरी सम्पदाको मर्मतसम्भार तथा संरक्षणका साथै जात्रा, पर्व, धार्मिक महोत्सव र मेला सञ्चालन तथा व्यवस्थापनका काम गर्दै आएको महासमितिले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ८ : ०८ बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको