पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे « Khabarhub

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग (एनपीएल)मा हारजित खेलको स्वाभाविक हिस्सा भएको बताएका छन्। उनले पहिलो खेलमा बेहोरेको हारलाई ‘दशा कटेजस्तै’ भएको अनुभवका रूपमा व्याख्या गरेका छन् ।

तेस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनको हार बेहोरेको थियो। उक्त खेलमा सुदूरपश्चिमको ब्याटिङ चल्न सकेको थिएन । तर, टोलीले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गर्‍यो।

पोखराविरुद्धको जितमा इशानले पनि महत्त्वपूर्ण योगदान दिए । उनले ३१ बलमा ३७ रन बनाउँदै कप्तान दीपेन्द्रसिंह ऐरीसँग मिलेर टोलीको जितको आधार तयार पारे। दीपेन्द्रले अविजित ५१ रन बनाएपछि सुदूरपश्चिमले १४६ रनको लक्ष्य १६ ओभर ५ बलमै पूरा गरेको थियो ।

इशानले खेलमा उतारचढाव आउने बताउँदै पहिलो हारलाई पछाडि छाडेर अघि बढ्नु महत्त्वपूर्ण रहेको संकेत गरेका छन् ।

सुदूरपश्चिम गत संस्करणको उपविजेता टोली हो। यसपटक पनि उपाधि दाबेदारका रूपमा हेरिएको टोलीले सुरुवाती हारपछि जित निकाल्दै आफ्नो लय समात्ने संकेत गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ९ : १५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको