कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ « Khabarhub

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही राज्यको अहमदाबादस्थित ओर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनका अनुसार यही कात्तिक १० गते अमेरिकाबाट कुरियरमार्फत कागजात ९डकुमेन्ट०को आवरणमा लुकाइछिपाई नेपाल ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको हो । उक्त लागुऔषध डेलिभरी नियन्त्रण विधिमार्फत बरामद गरी त्यस कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विदेशबाट कुरियरमार्फत लागुऔषध ल्याइएको भन्ने विशेष सूचना प्राप्त भएपछि ब्यूरोको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा कुरियरमार्फत आएको शङ्कास्पद सामग्रीको अनुसन्धान गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

ब्यूरोका सहप्रवक्ता निरौलाले पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले उक्त लागुऔषध नेपाल ल्याउनुको उद्देश्य, त्यसको वास्तविक गन्तव्य तथा यस कार्यमा अन्य व्यक्तिको संलग्नता रहे नरहेको विषयमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ९ : ३३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको