यमनको तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण « Khabarhub

यमनको तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण गरेका छन् ।

बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार उक्त घटनाबारे जानकारी दिएको हो । निकायका अनुसार सशस्त्र व्यक्तिहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर दक्षिण–पश्चिममा रहेको समुद्री क्षेत्रमा कार्गो जहाजमा चढेर नियन्त्रणमा लिएका थिए ।

यूकेएमटीओले जहाजमा अनधिकृत व्यक्तिहरूले नियन्त्रण कायम गरेको र घटनाबारे सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको जनाएको छ ।

पछिल्लो एक वर्षयता अफ्रिकाको आसपासका समुद्री क्षेत्रमा समुद्री डकैतीका घटना बढ्दै गएको विश्लेषकहरूले बताएका छन् । 

यस्तै, फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरु भएको मध्यपूर्व युद्धका कारण अरेबियाली प्रायद्वीप आसपासका समुद्री मार्गमा आवतजावत गर्ने जहाजहरू पनि पटक–पटक द्वन्द्वको जोखिममा पर्दै आएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  २ : ४२ बजे

किस्ट अस्पतालले मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने

ललितपुर- ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले भारतको मेदान्ता अस्पतालसँगको सहकार्यमा नेपालमा

यमनको तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण

एजेन्सी-  यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ

पर्वत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक

चाडपर्व सकिएसँगै त्रिनगर नाकामा भारत फर्कनेको भीड

कैलाली – दसैँ–तिहारको रमझम सकिएसँगै कैलालीस्थित त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कने

मोहनबहादुर बस्नेतले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री