काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वका अवसरमा हनुमानढोकामा आयोजित देवीनाच अवलोकन गरेका छन् ।
नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले शनिबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी भएका हुन् ।
हनुमानढोकास्थित नासल चोक डबलीमा आयोजित कार्यक्रममा उनले देवीनाच अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका थिए। सो अवसरमा उनले पुजारीबाट टीकाप्रसादसमेत ग्रहण गरे।














प्रतिक्रिया