काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा जुम्ला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । यस प्रकरणमा प्रहरीले जुम्लाको गुठिचौर गाउँपालिका–१ निवासी अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकायालाई नियन्त्रणमा लिएको हो ।
सोही स्थानकी अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुकमार्फत निको पार्ने दाबीसहितको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानिबन गरेको थियो । भाइरल भिडियोमा देखिएका रोकायालाई शनिबार दिउँसो अन्दाजी १२ बजेको समयमा प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका कालीबहादुर रोकायालाई आवश्यक कारबाही तथा थप प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय, जुम्लामा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया