काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमै आयोजना हुने प्रतियोगिताका लागि टोली सार्वजनिक गरिएको हो ।
क्यानले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, डा. ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रसिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी र अभिशेष गौतम अटाएका छन्।
आठ टोली सहभागी हुने यस प्रतियोगितामा आयोजक नेपालसहित युगान्डा, जर्सी, इटाली, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), नामिबिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। घरेलु मैदानमा हुने महत्वपूर्ण प्रतियोगितामार्फत नेपालले आगामी विश्वकप छनोट यात्राको अर्को चरण बलियो बनाउने लक्ष्य लिएको छ ।















प्रतिक्रिया