काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा अध्यक्ष केपी शर्मा ओलीले यसपटक क्षितिज थेबेलाई टिकट थमाइदिए ।
अलग समूह बनाएर आफूलाई वैचारिक र राजनीतिक चुनौती दिँदै आएका योगेशलाई पाखा लगाउँदै युवा नेतामध्ये एक विश्वास पात्र थेबेलाई ओलीले च्यापेपछि ताप्लेजुङको चुनावी परिणामबारे अड्कलबाजी भइरहेको छ।
२०७४ र २०७९ को निर्वाचनमा यस क्षेत्रबाट जितेका योगेशको टिकट खोसेर थेबेलाई दिँदा विरोध र आलोचना पनि भएको छ।
उता नेपाली कांग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याङलाई उम्मेदवार बनाएको छ। नेपाली कम्युनिस्ट पार्टीले खेलप्रसाद बुढथोकीलाई अगाडि सारेको छ । बुढाथोकी २०७९ को निर्वाचनमा गठबन्धनबाट कांग्रेसको रूख चुनाव चिह्नमा उठेर योगेशलाई टक्कर दिएका थिए । तर यस पटक भने उनले जित्ने सम्भावना कमजोर छ।
उता नयाँ लहर ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले वीरेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ कांग्रेसको राजनीति छाडेर रास्वपामा प्रवेश गरेका नेता हुन्। गीत लेख्ने र गाउने श्रेष्ठ सामाजिक अभियान्ता पनि हुन् । उनले विभिन्न विषयमा लेख पनि लेख्दै आएका छन्। श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण जागिरसमेत खाएका थिए ।
उता मंगोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इन्द्र थापालाई उम्मेदवार बनाएको छ । लिम्बु जातिको बाहुल्यता रहेकाले यहाँ जातीय पार्टीले पनि भोट काट्न सक्छन् ।
जनता समाजवादी पार्टी (जसपा) का अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङले पनि उम्मेदवारी दिएका छन् । ताप्लेजुङमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको पनि उम्मेदवारी छ।
यहाँ यो पार्टीका सन्तोष राई उम्मेदवार छन्। उज्यालो नेपालबाट कृतिमान मादेन, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट नरपति पौडेल उम्मेदवार छन्।

तीन नेताबीच कडा टक्कर
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा तीन नेताबीच कडा टक्कर हुने अवस्था छ । एमालेका थेबे, कांग्रेसका तुम्बेहाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
यस क्षेत्रमा कांग्रेसको संगठन बलियो नहुँदा एमालेले फाइदा उठाउँदै आएको छ । यसपटक कांग्रेसमा पनि शेरबहादुर देउवा र सभापति गगन थापा समूहबीच मनमुटाव कायमै हुँदा असन्तुष्टको मत रास्वपामा जान सक्ने सम्भावना छ ।
रास्वपा उम्मेदवार श्रेष्ठ नै कांग्रेसका पूर्वनेता हुन्। यसकारण कांग्रेसका असन्तुष्ट र युवाले श्रेष्ठलाई मत दिने देखिन्छ। एमालेमा पनि योगेशलाई टिकट नदिएकाले खैलाबैला छ ।
योगेशले थेबेको उम्मेदवारी दर्ताका बेला ताप्लेजुङ पुगेर अभिभावकको भूमिका निर्वाह गरेका छन् । तर एमालेको एउटा पंक्ति अझै पनि थेबेलाई टिकट दिएकाले असन्तुष्ट छ।
ओलीका भित्रियामध्ये एक थेबेलाई टिकट दिएपछि ताप्लेजुङमा जित्न कठिन रहेको श्रीजङ्गा गाउँपालिका निवासी बिमला मादेन बताउँछिन् । उनका अनुसार यहाँ एमालेप्रति मतदाताको भरोसा कमजोर हुँदै गएको छ।
‘ताप्लेजुङमा एमालेको संगठन राम्रो छ। हाम्रा शुभेच्छुक र शुभचिन्तक यताउता हुनुभएको छैन । कांग्रेस र अन्य पार्टीमा असन्तुष्टि छ। तर एमालेको जित सुनिश्चित छ।’
एक नगरपालिकासहित आठ स्थानीय तह रहेको यहाँका फुङलिङ नगरपालिका, पाथिभरा याङ्वरक गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मैवाखोला गाउँपालिका र फक्तालुङङ गाउँपालिकामा २०७९ को निर्वाचनबाट एमालेले जित निकालेको थियो ।
यता मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, सिरिजंघा गाउँपालिका र सिदिङमा गाउँपालिका कांग्रेसले जितेको थियो ।
आफ्नो संगठन बलियो रहेको बताउँदै चुनाव जित्ने दाबी एमाले उम्मेदवार थेबे गर्छन् । घरदैलो कार्यक्रममा व्यस्त उनले खबरहबलाई भने, ‘ताप्लेजुङमा एमालेको संगठन राम्रो छ। हाम्रा शुभेच्छुक र शुभचिन्तक यताउता हुनुभएको छैन । हाम्रो बागी उम्मेदवार छैन । पार्टीबाट निस्केर कसैले उम्मेदवारी दिएको छैन । कांग्रेस र अन्य पार्टीमा असन्तुष्टि छ। तर एमालेको जित सुनिश्चित छ।’
थेबे आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेस भएको बताउँछन्। तर उनीसँग धेरै कांग्रेस नेता असन्तुष्ट रहेकाले आफ्नो जित निश्चित रहेको उनी दाबी गर्छन्।
रास्वपाका उम्मेदवार श्रेष्ठ पनि आफ्नो जित सुरक्षित रहेको दाबी गर्छन् । पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई ताप्लेजुङको पाथिभरा दर्शन गराएपछि माहोल बनेको उनको तर्क छ।

जिल्लाका नेताहरूसँग बालेनको भेट गराएका उनी रास्वपाले जित्न मुस्किल नरहेको दाबी गर्छन् । रास्वपाले त्यसका लागि रणनीति बनाएर अभियान थालेको छ।
पछिल्लो समय पुराना दलहरूप्रति जनताको निराशा बढेकाले नयाँ पुस्ताको माग सम्बोधन गर्ने र जनसापेक्ष विकासका गतिविधिलाई अगाडि बढाउने प्रतिबद्धता नेताहरूले गर्दै आएका छन्।
‘हामीलाई मत दिने कुरामा दुईमत छैन । नयाँप्रतिको लहर र भरोसाले जित सुनिश्चित छ’, श्रेष्ठ भन्छन, ‘मतदाताले पुरानालाई भोट हाल्नु हुन्न । विचार, सिद्धान्त र कार्यशैलीमा नयाँरलाई साथ दिनुपर्छ भन्ने बुझाइ छ। म ठान्छु मेरो प्रतिस्पर्धी कोही छैन।’
काङ्ग्रेस नेता तुम्बेहाङ स्थानीयस्तरमा भिजेका र लामो समय जिल्लामा एमालेलाई खबरदारी गर्दै आएका नेता हुन् । उनी स्थानीयको दुःखसुखमा पुगिरहने भएकाले भएकाले आफूलाई जनताले चुन्ने दाबी गर्छन् ।
यता काङ्ग्रेस नेता तुम्बेहाङ स्थानीयस्तरमा भिजेका र लामो समय जिल्लामा एमालेलाई खबरदारी गर्दै आएका नेता हुन् । उनी स्थानीयको दुःखसुखमा पुगिरहने भएकाले भएकाले आफूलाई जनताले चुन्ने दाबी गर्छन् ।
एमालेप्रति ताप्लेजुङका मतदाताको भरोसा टुटेर कांग्रेसप्रति उनीहरू आशावादी रहेकाले जित सुनिश्चित हुने कुरामा अलमल नभएको उनको दाबी छ।
उनी आफ्नो मुख्य प्रतिस्पर्धी एमाले र रास्वपा नभएर आफैं रहेको दाबी गर्छन् । काङ्ग्रेस जिल्ला सभापतिसमेत रहेका तुम्याहाङ स्थानीय नेताहरूसँग परिचित छन्।
जनताबीच काम गरेर पार्टी संगठन बनाउँदै आएका उनी एमालेका थेबे र रास्वपाका श्रेष्ठलाई हराउने रणनीतिमा छन्। काङ्ग्रेसका जिल्ला नेताहरूकाअनुसार उनले साना दलका उम्मेदवारलाई आफ्नो पक्षमा ल्याउन लागिरहेका छन् ।
एमालेका थेबे काठमाडौं कार्यक्षेत्र बनाएर युवा संघको नेतृत्व सम्हालिरहेका व्यक्ति हुन्। उनी चुनावमा मात्रै ताप्लेजुङलाई सम्झिने नेता भएकाले जित चुनौतीपूर्ण हुने नेताहरूको दाबी छ।
ताप्लेजुङको पवित्र तीर्थस्थल पाथिभरा मुक्कुलुम्ङमा एमालेले केवलकार निर्माणको पक्षमा उभ्याएपछि यहाँका जनजाति समुदाय थेबेसँग पनि बिच्किएका छन्। केवलकार निर्माण गर्नुपर्ने पक्षका योगेशलाई यहाँ चुनौती थियो । जनजाति समुदायको बाहुल्यता रहेको यहाँ श्रेष्ठ र तुम्बेहाङको चर्चा निकै देखिन्छ।
पटकपटक एमालेले जिते पनि विकास गर्न नसकेको र योजना पनि अधुरै छाडेको आरोप पनि छ । त्यहीकारण कांग्रेस र रास्वपामध्ये एउटाले बाजी मार्न सक्ने अनुमान स्थानीय व्यवसायी कल्पना योङहाङ गर्छिन् ।
के छ विगतको गणित ?
२०७४ को निर्वाचनमा गृहजिल्ला ताप्लेजुङबाट चुनाव लडेका भट्टराई २९ हजार ४७९ मत ल्याएर विजयी भएका थिए। त्यसबेला निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत पाए । २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजित भट्टराई ०७४ पछि ताप्लेजुङ सरेका थिए।
२०७९ को निर्वाचनमा पनि दोस्रोपटक उनै विजयी भए। त्यसबेला योगेशले २१ हजार ९४३ मत प्राप्त गरे । निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २१ हजार ७३५ मत ल्याए। झिनो मतान्तरले विजयी भट्टराईविरुद्ध तत्कालीन अवस्थामा कांग्रेस र माओवादीसहितको गठबन्धनको चुनौती थियो ।
कांग्रेसको संगठन राम्रो हुँदाहुँदै पनि अहिलेसम्म ताप्लेजुङमा प्रतिनिधिसभामा जित्न सकेको छैन ।
२०७० सालको संविधान सभाको निर्वाचनमा ताप्लेजुङमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र थिए। त्यसबेला पनि एमालेले नै जित हासिल गरेको थियो। त्यस क्षेत्रमा विजयी एमालेले क्षेत्र नम्बर १ मा ७ हजार ४३४ र क्षेत्र नम्बर २ मा ७ हजार ३४ मत गरी कुल १४ हजार ४६८ मत पाएको थियो।
संविधानसभा निर्वाचनमा कांग्रेस दोस्रो हुँदा दुवै निर्वाचन क्षेत्रमा माओवादी तेस्रो भएको थियो। कांग्रेसको संगठन राम्रो हुँदाहुँदै पनि अहिलेसम्म ताप्लेजुङमा प्रतिनिधिसभामा जित्न सकेको छैन ।













प्रतिक्रिया