आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ शुक्ल पक्षको दशमी तिथि ।  तदनुसार सन् २०२६ जनवरी २८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने छ । शिक्षाको लगानीबाट नाफा कमाउने योग छ ।

कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । घुमघाम तय हुनेछ । स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ । साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ । राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्रबाट नाफा हुनेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ ।

कन्या : आज नयाँ काममा हात नहाल्नु उपयुक्त हुन्छ । सोचेका काम नबन्दा निराशा बढ्नेछ ।  शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दैनिक काम सहजै बन्नेछन् । खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ । दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ ।

धनु : साथीभाइसँग सहकार्य हुनेछ । पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ । परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ ।

मकर : मन अशान्त बन्नेछ । सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय आएको छ । सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । संकटमा साथीको साथ मिल्नेछ ।

मीन : मन अशान्त बन्नसक्छ । शिक्षामा मेहिनेतको खाँचो देखिन्छ । परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ५ : १९ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय