चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति « Khabarhub

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको भन्ने समाचार असत्य भएको स्पष्ट पारेको छ।

पार्टी अध्यक्ष भूमिराज निरौलाले मंगलबार सार्वजनिक भएका केही समाचारप्रति आपत्ति जनाउँदै चुरेभावर लोकतान्त्रिक पार्टी नेकपामा समाहित नभएको जिकिर गरेका छन्। उनले चुरेभावर नामबाट प्रकाशित समाचारले भ्रम सिर्जना गरेको भन्दै सच्याउन आग्रह गरे।

‘निर्वाचन आयोगमा दर्ता भएको चुरेभावर नामको पार्टी हाम्रोबाहेक अरु कुनै छैन,’ अध्यक्ष निरौलाले भने, ‘मंगलबार प्रकाशित समाचारको हामी खण्डन गर्दछौँ।’ उनले यसअघि नै कारबाही भइसकेका व्यक्तिहरू र चुरेभावर लोकतान्त्रिक पार्टीबीच कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारे।

अध्यक्ष निरौलाका अनुसार बद्री न्यौपानेको नेतृत्वमा रहेको चुरेभावर राष्ट्रिय पार्टी नेकपामा समाहित भएको भनेर आएको समाचारले भ्रम सिर्जना गरेको हो। नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा न्यौपाने नेतृत्वको पार्टी समाहित भएको उल्लेख गरिएपछि चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको हो।

पार्टीले चुरेभावर लोकतान्त्रिक पार्टीको नाम र पहिचान प्रयोग गरेर फैलाइएका समाचारप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ५९ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय