आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित हुँदै नेवार समुदाय « Khabarhub

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित हुँदै नेवार समुदाय


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर, पछिल्लो समयमा बसाइँसराइका कारण यहाँ अन्य जातजातिका मान्छेहरूको बाक्लो उपस्थिति बन्दै गएको छ । साथै, राजनीतिक तथा सामाजिक मुद्दाहरूमा काठमाडौंका नेवार समुदायलाई सबैले विशेष महत्व दिने गर्छन् ।

तर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरूको सामुदायिक प्रतिनिधित्व हेर्दा भने नेवार समुदायको उपस्थिति कमजोर बनेको देखिएको छ ।

काठमाडौं जिल्ला भित्रका १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको जातीय पृष्ठभूमि हेर्दा नेकपा (एमाले)ले सबैभन्दा बढी ५ जना नेवार समुदायको प्रतिनिधित्व गराएको देखिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले नेवार समुदायलाई समेट्न सकेको देखिँदैन ।

काठमाडौंमा एमाले पछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नेवार समुदायबाट सबैभन्दा धेरै ४ जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ भने कांग्रेस र रास्वपाले १-१ जनालाई मात्रै सो समुदायबाट उम्मेदवार बनाएका छन् ।

काठमाडौंका १ देखि ५ सम्मका निर्वाचन क्षेत्रमा मुख्य पाँच दलमध्ये कुनैले पनि नेवार समुदायको उम्मेदवार उठाएका छैनन् । ती निर्वाचन क्षेत्रबाट ब्राम्हण र क्षेत्री समुदायको उम्मेदवारको मात्रै वर्चस्व देखिएको छ ।

त्यसपछि, काठमाडौं ६ मा नेवार समुदायबाट एमालेले मात्रै नेवार समुदायको प्रतिनिधित्व गर्ने अमनकुमार मास्केलाई उम्मेदवार बनाएको छ । जहाँबाट कांग्रेसले कृष्ण बानियाँ क्षेत्री, नेकपाले हिमाल शर्मा, रास्वपाले शिशिर खनाल र राप्रपाले उद्धवराज भेटुवाललाई उम्मेदवार बनाएका छन् ।

काठमाडौं ७ बाट भने एमाले र नेकपा दुवै दलले नेवार समुदायको प्रतिनिधित्व हुनेगरी उम्मेदवार चुनावी मैदानमा उतारेका छन् । सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट प्रकाश श्रेष्ठ र नेकपाको तर्फबाट बसन्तप्रसाद मानन्धर चुनावी मैदानमा छन् ।

तर, सो निर्वाचन क्षेत्रमा कांग्रेसले प्रमोदहरि गुरागाइँ, रास्वपाले गणेश पराजुली र राप्रपाले लालकुमार लामालाई उम्मेदवार बनाएको छ । काठमाडौं ८ मा एमाले, कांग्रेस, नेकपा र रास्वपाको उम्मेदवारीको प्रतिनिधित्व नेवार समुदायको तर्फबाट भएको छ । 

सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट राजेश शाक्य, कांग्रेसको तर्फबाट सपना राजभण्डारी, नेकपाको तर्फबाट सुमन सायमी र रास्वपाको तर्फबाट विराजभक्त श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

सो निर्वाचन क्षेत्रमा राप्रपाले भने नवीन शाहीलाई उम्मेदवार बनाएको छ । काठमाडौं ९ मा एमालेले अजयक्रान्ति शाक्य र नेकपाले राधाकृष्ण महर्जनलाई उम्मेदवार बनाएका छन् भने कांग्रेस, रास्वपा र राप्रपाले भने उम्मेदवारीमा नेवार समुदायलाई समेट्न सकेको देखिँदैन ।

सो निर्वाचनमा क्षेत्रमा कांग्रेसको तर्फबाट नानुमैयाँ बास्तोला, रास्वपाको तर्फबाट डोलप्रसाद अर्याल र राप्रपाको तर्फबाट दिलकुमार कार्की उम्मेदवार छन् ।

काठमाडौं १० मा पनि एमाले र नेकपाले मात्रै नेवार समुदायका उम्मेदवार चुनावी मैदानमा उतारेका छन् । एमालेको तर्फबाट विनोद श्रेष्ठ र नेकपाको तर्फबाट रूपा महर्जन (श्रेष्ठ) उम्मेदवार छन् ।

सो निर्वाचन क्षेत्रमा कांग्रेसले हिमाल कार्की, रास्वपाले प्रदिप विष्ट र राप्रपाले बलराम थापालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ५० बजे

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,