हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित « Khabarhub

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको छ । 

यो यस वर्षको दोस्रो हिमपात हो । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र ४ नं वडामा हिमपात भइरहेको छ । हिमपातले चिसो अत्यधिक बढेपछि सर्वसाधारण घरभित्रै रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताए। 

‘अहिले पनि निरन्तर हिमपात भइरहेको छ’, उनले भने, ‘हिमपातका कारण मानिसलाई दैनिक कामकाज गर्न र वस्तुभाउलाई घाँसपात गर्न समस्या भइरहेको छ ।’ 

हिमपातले हिमालदेखि डाँडाकाँडा सेताम्य भएको पुथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष टीकासाइ घर्तीले बताए। 

‘आकाशे पानीको भरमा खेतीपाती गर्ने किसान पनि हिमपात र वर्षाले निकै खुसी छन्’, उनले भने, ‘हिउँ परेपछि हिउँ खेल्ने र रमाउनेको पनि जमात बढेको छ ।’ हिमपातका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । हिमपातमा फसेका यात्रुहरूको उद्धार जारी राखिएको छ । 

काठमाडौँबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस पातिहाल्नामा फसेका छन् । तीन सयको हाराहारीमा अलपत्र यात्रुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए। 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ४१ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा