आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी « Khabarhub

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

भोजपुर–  भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइमा परेको हो ।

पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई गाउँपालिकाले संरक्षणसँगै पर्यटकलाई लक्षित गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ दुई वटा साना पानीबोटसमेत सञ्चालनमा ल्याइएपछि पर्यटकको आवागमन झनै बढेको हो ।

पर्यटकलाई लक्षित गरेर पञ्चकन्या स्मृति उद्यान (पार्क) निर्माण गरिएको छ भने आउने पर्यटकका लागि अन्य संरचनासमेत निर्माण भएका छन् । च्याङ्ग्रे पोखरीको संरक्षणसँगै यहाँ घुम्न आउने आन्तरिक पर्यटक बढेको गाउँपालिकाले जनाएको छ । यो क्षेत्रलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

उद्यानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा, विश्रामस्थल निर्माणलगायतका पूर्वाधार विकासका कामहरू निरन्तर रूपमा अगाडि बढाइरहेको छ । स्थानीय तहले पोखरी तथा उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै शैक्षिक अवलोकन स्थलका रूपमा पनि विकास गर्ने योजना बनाएको छ । पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू आउने गरेको स्थानीयबासी सावित्रा फुँयालले बताइन् । परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने र दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयवासीको कथन छ । परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासीको भनाइ छ ।

यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । विश्राम गर्न घुम्न डुल्न, तस्बिर लिन र दृश्यावलोकनको भरपुर आनन्द लिन आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए । यसको संरक्षणपछि यहाँको पर्यटनमा टेवा पुगेको उनको भनाइ छ ।

विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तजनको जमघट हुने स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सके आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासीहरूको विश्वास छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ६ : ३१ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ