प्रतिनिधिसभा निर्वाचन : धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ । धनुषा जिल्लामा चार निर्वाचन क्षेत्रमा १५४ जनाले उम्मेदवारी दिएका छन् ।

कार्यालय प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचन आयोगको आह्वान तथा पत्रअनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्येक उम्मेदवारले बैंक खाता खोलेर आम्दानी तथा खर्चको विवरण राख्नुपर्ने भएकाले खाता खोल्नुपर्छ । साथै आयोगले तोकेअनुसार खर्च गर्नुपर्ने रहेको छ ।

निर्वाचन आचारसंहिताविपरीत जिल्लाको विभिन्न स्थानमा राखिएका १५० हजार निर्वाचन प्रचारका सामग्री नियन्त्रणमा लिइएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेले बताए ।

साथै निर्वाचनलाई प्रभावकारी बनाउनका लागि आचारसंहिताको पूर्णपालना गर्न तथा गराउन उनले सबैलाई आग्रह गरे । उनले आचारसंहिताविपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिए ।

त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सबैलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले निर्वाचनको सम्पूर्ण वातावरण निर्माण भएकाले निर्वाचन निष्पक्ष हुने विचार व्यक्त गरे ।

साथै उनले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए ।

आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनटमा थप सुरक्षा निकाय पुग्ने उनको भनाइ छ । उनले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने कार्य बन्द गर्नुपर्ने तथा त्यस्तो गरेको प्रमाणसहित फेला परेमा कारबाही हुने चेतावनी दिए ।

धनुषा जिल्लामा प्रतिनिधिसभाका सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेको छ । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र तथा ३२२ मतदानस्थल रहेको छ । एक सय ९४ वटा मतदानस्थललाई अतिसंवेदनशीलको रूपमा राखिएको छ ।

निर्वाचनमा तीन हजार ८७५ कर्मचारी परिचालन भएको बताइएको छ । चार हजार ५०० म्यादी प्रहरी पनि छनोट भइसकेका छन् । (रासस)

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : ०८ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी